१७ मंसिर, वीरगञ्ज । बीरगन्ज महानगरपालिकाको नारायणी अस्पतालमा पोष्ट नेटल केयर (पीएनसी) वार्ड निर्माण गर्ने सम्झौता भएको छ ।
नारायणी अस्पताल, बीरगन्ज महानगरपालिका र के.एन.पी जापानबीच त्रिपक्षीय हस्ताक्षरसहित पीएनसी वार्ड निर्माण गर्ने आज सम्झौता भएको हो । जापान सरकारको सहयोगमा पीएनसी वार्ड निर्माण गर्न लागिएको नारायणी अस्पताल विकास समितिले जनाएको छ ।
करिब ४० लाखको लागतमा बनाउन लागिएको वार्डको निर्माणको सबै कार्यको जिम्मा हुने वार्डको के.एन.पी जापानले गर्ने भएको अस्पताल विकास समितिले बताएको छ ।
अस्पतालमा भएको त्रिपक्षीय सम्झौतापछि भोलीदेखि नै निर्माण कार्यको सुरुवात गरिने तयारी गरिएको अस्पताल विकास समितिका अध्यक्ष धीरज गुप्ताले जनाए ।