Logo

फाइल तस्बिर

२० मंसिर,सिम्रौनगढ । बाराको सिम्रौनगढ नगरपालिका अन्र्तगतका सवै विद्यालयमा भोलीदेखि पठनपाठन ठप्प हुने भएको छ ।

विगत ५१ दिनदेखि तलबको माग गर्दै नगरपालिका अन्र्तगतका करार, अस्थाई, ज्यालादारी कर्मचारी र शिक्षकहरु आन्दोलन गर्दै धर्नामा बस्दै आएका छन् ।

उनीहरुले आफ्नो माग पूरा नभए कडा आन्दोमा उत्रिने चेतावनी सहितको अल्टिमेटम दिएका थिए । सोही बमोजिम नगरपालिका भरिकै विद्यालयमा तालाबन्दी गरि निमित्त प्रमुख प्रशासकिय अधिकृत जयनारायण प्रसाद यादवलाई साँचो जिम्मा लगाएका हुन् ।

शिक्षक संघका नगर अध्यक्ष उमाशंकर प्रसाद यादवले भोलीदेखि प्रत्येक विद्यालयबाट एकजनाको प्रतिनिधित्व गराएर आन्दोलनलाई चर्को बनाउने बताउनुभयो ।

सिम्रौनगगढ नगरपालिकामा पाँच वटा माध्यमिक विद्यालय सहित ३२ वटा विद्यालय छन् । भने नगरपालिकाभरि शिक्षक, बाल बिकास र विद्यालय कर्मचारीहरु सहित १९० जना रहेका छन् ।


सम्बन्धित समाचार