Logo

२१ मंसिर, बारा। महिलाहरुलाई आत्म निर्भर बनाउँन बाराको सिमरामा आयोजना गरिएको ६ महिने सिलाईकटाई तालिमको समापन भएको छ । सानाकिसान कृषि सहकारी संस्था डुमरबाना अन्तर्गतको शाखाहरुका ६५ जना महिला शेयर सदस्यहरुलाइ तालिम प्रदान गरिएको हो ।

सानाकिसान कृषि सहकारी संस्था सिमरा शाखामा आयोजना गरिएको तालिममा सहभागिहरुलाई लायन्स क्लब अफ बिरगंजका पुणर्कला भुसाल र साना किसान सहकारी संस्थाका अध्यक्ष प्रदिप बरालले प्रमाण पत्र तथा सिलाई मेसिन बितरण गर्नुभएको थियो ।

सिलाई मेसिन लगायत आबश्यक सामाग्रि तालिमकोलागि लाईन्स क्लब अफ बिरगन्जले सहयोग गरेको थियो । तालिममा सहभागिहरु मध्येबाट पहिलो ,दोस्रो र तेस्रो हुनेलाई पुरस्कार बितरण गरिएको थियो ।

सहकारी संस्थाका अध्यक्ष बरालले साना किसान कृषि सहकारी संस्था आफनो कार्यले कृषि सहकारीको संसारमा आफनो छुटै पहिचान बनाएको बताउँनुभएको छ ।

त्यस्तै संस्थाका प्रबन्धक राजेन्द्र जमरकटेलले शेयर सदस्यहरुलाई आत्म निर्भर बनाउँन संस्थाले बिभिन्न तालिम तथा कार्यक्रम गर्दै आएको बताउँनुभयो ।


सम्बन्धित समाचार