Logo

२५ मंसिर,काठमाडौं । नेपाल सरकारले समयमा काम नगर्ने १२ निर्माण कम्पनीहरुलाई कालो सूचीमा राखेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न सार्वजनिक निकायहरुले लेखेर पठाएको आधारमा १२ कम्पनीहरुलाई कालो सूचीमा राखेको हो ।

ती कम्पनीहरु एक वर्षदेखि तीन वर्षसम्म कालोसूचीमा परेका छन् । कालो सूचीमा परेकाहरुले कालो सूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारवाहीमा भाग लिन नपाउने भएका हुन् ।

आदर्श कन्स्ट्रक्सन गोलबजार सिरहा तीन वर्षसम्मका लागि कालोसूचीमा परेको छ । यस कम्पनीको मुख्य संचालक सरोज कुमार शाह हुन् । यस्तै लक्ष्मण पाण्डेय मुख्य संचालक रहेको त्रिवेणी निर्माण सेवा पोखरा र बमबहादुर कुर्मी मुख्य व्यक्ति रहेको गंगोत्री देवी निर्माण सेवा नेपालगञ्ज दुई–दुई वर्षको लागि कालोसूचीमा परेको जनाइएको छ ।


सम्बन्धित समाचार