Logo

२५ मंसिर,बारा । नेकपा माओवादी केन्द्र निकट अखिल नेपाल औधोगिक मजदुर संघको तेस्रो प्रदेश भेला बाराको जीतपुर स्थित गढीमाई मन्दिरको सभा हलमा सम्पन्न भएको छ ।

भेलाले पुन  रामपुकार कामतीको अध्यक्षतामा १५ सदससीय कमिटि गठन गरेको छ । कमिटीको उपाध्यक्षमा दिपक कार्की , महिला उपाध्यक्षमा कृपा चोधरी ,सचिवमा बिर बहादुर थापा ,सह सचिवमा लुटेन्द्र मिश्र र कोषाध्यक्षमा क्यामुदिन अंसारी रहनुभएको छ ।

त्यस्तै सदस्यहरुमा धर्मेन्द्र ठाकुर ,एली मगर ,डि.पि.थापा ,मदन साह ,उपेन्द्र महत्तो ,देवेन्द्र सिटौला ,रुद्र वस्ती लगायत रहनुभएको छ । प्रदेश भेलाको उद्घाटन कार्यक्रममा बोल्दै जीतपुरसिमरा उपमहानगरपालिकाको नगर प्रमुख राजन पौडेलले मजदुरहरुको हक ,हितको रक्षाकोलागि उपमहानगरपालिका सधै मजदुरको साथमा रहेको बताउँनुभयो ।

मजदुरहरुलाई अदक्षबाट दक्ष बनाउँन ,समाजिक सुरक्षा कोषमा समावेश गराउँन ,ट्रेड युनियनले ग्यारेन्टी गरेका अधिकारको रक्षा र कार्यान्वयन गर्नमा दबाब सिर्जना गर्न उपमहानगरपालिकाको तर्फबाट प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

उहाँले मजदुरहरुको बिकासकोलागि आवश्यक योजना ल्याउँन मजदुरका नेताहरुसँग माग गर्नुभयो । आउँदो उपमहानगरपालिकाको बजेटमा त्यस्ता योजनाहरु राख्न तयार रहेको बताउँनुभयो ।

प्रदेश कमिटी अध्यक्ष कामतीको अध्यक्षमा भएको कार्यक्रममा नेकपा माओवादी केन्द्रका स्थाई कमिटी सदस्य प्रल्हाद बुढाथोकी ,अखिल नेपाल औधोगिक मजदुर संघका केन्द्रिय अध्यक्ष बेनि तिमल्सिना , अखिल नेपाल ट्रेड युनियनको केन्द्रिय सदस्य अर्जुन चिमरिया , नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा महासंघका उपाध्यक्ष धन बहादुर बि.क. लगायतको सहभागिता रहेको थियो ।


सम्बन्धित समाचार