२६ मंसिर, जनकपुर । जनता प्रगतिशिल पार्टीका अध्यक्ष हृदयश त्रिपाठीले छापामार शैलीमा बनाइएको संविधानले मुलुक बर्बादी तर्फ उन्मुख भएको बताएका छन् ।
मंगलबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा पुर्वमन्त्री त्रिपाठीले छापामार शैलीमा संविधान निर्माण गरेकै कारण संघीयतामाथि पनि खतरा मन्डराएको बताए ।
संघीयता लागु गर्ने कुनै पनि व्यवहारिक काम नहुदाँ विकृतहितको संघीयता आएकोले यसको विरोध भएको बताउँदै उनले भने, सही संविधान र सही संघीयता जनताको अपेक्षा रहेको उनले बताए ।
स्थानीय तहसँग नगरप्रहरी भएपनि प्रदेश सरकारसँग आफ्नो प्रहरी र प्रशासन नभएकोले संघीयतामाथि प्रश्न उठ्ने गरेको उनको भनाइ थियो ।

















