Logo

२६ मंसिर,वीरगञ्ज । बीरगञ्ज महानगरपालिकामा भएको विवाद उपमेयरका स्वकीय सचिव घाइते भएका छन् ।

प्रमुख प्रशासकीय अधिकृतको कोठालाई लिएर भएको विवादमा प्रहरीले लाठी चार्ज गर्दा उपमेयर इम्तियाज आलमका स्वकीय सचिव शेषकुमार हजरा घाइते भएका हुन् ।
उपमेयर आलमका स्वकीय सचिवहजराको आँखाको तलचोट लागेको बताइएको छ ।

विवाद सल्टाउने क्रममा प्रहरी गरेको अन्धाधुन्ध लाठी चार्जबाट उनी घाइते भएका थिए । स्वकीय सचिवहजराको अवस्थाभने सामान्य रहेको उपमेयर सचिवालयले जनाएको छ ।

घाइते हजराको नगरपालिकाभित्रै उपचार भइरहेको स्रोतले जनाएको छ । स्रोतका अनुसार प्रहरीले एकलौटी हिसाबले लाठी बर्साउन थालेपछि विवादले झनै उग्ररुप लिएको थियो ।

प्रमुख प्रशासकीय अधिकृतको खाली कोठाको विषयलाई लिएर विहानैदेखि बीरगञ्ज महानगरपालिकाको कार्यालय तनाव ग्रस्त छ ।


सम्बन्धित समाचार