Logo

२८ मंसिर, काठमाडौँ । काठमाडौं । नेकपा एमालेको समृद्धिका लागि संकल्प यात्राको टोलीले आज धनकुटामा विभिन्न कार्यक्रमहरु गर्दैछ ।

यात्रा टोलीले गर्ने कार्यक्रमहरुको सबै तयारी पूरा भएको नेकपा एमाले धनकुटा प्रचार तथा प्रकाशन विभागले जनाएको छ ।

संकल्प यात्राको टोलीलाई बिहान ९ बजे लेगुवामा स्वागत गर्ने कार्यक्रम रहेको छ । यात्रा टोलीले लेगुवा, पाख्रिबास, हिले, जोरपाटी र सिधुवामा हुने कार्यक्रमहरूमा सहभागि हुँदै दिउँसो बसन्तपुर पुगेर वृहत् आमसभा गर्ने तयारी रहेको जनाइएको छ ।

एमालेले मंसिर १४ गते बैतडीको झुलाघाटबाट मध्यपहाडी लोकमार्ग केन्द्रित शुरु गरेको संकल्प यात्रा धनकुटा आइपुगेको हो । यात्रा पुस १ गते पाँचथरको चिवाभञ्ज्याङ पुगेर समापन हुनेछ ।


सम्बन्धित समाचार