Logo

२८ मंसिर,वीरगञ्ज । बीरगञ्ज महानगरपालिकाको कार्यापालिका बैठक सुरु भएको छ । महानगरपालिकाले डाँकेको आजको कार्यापालिका बैठक ढिलोगरि अहिले सुरु भएको हो ।

बैठकमा मेयर राजेशमान सिंह र उपमेयर इम्तियाज आलमसहित कार्यपालिका सदस्यहरुको सहभागितामा बैठक जारी भएको हो ।

प्रशासकीय अधिकृत बस्ने कोठा खाली भएपछि उत्पन्न विवाद समाधान गर्नका लागि आज कार्यपालिकाको बैठक डाकिएको हो ।

प्रमुख प्रशासकीय अधिकृतको खाली भएको कोठाको विषयमा छलफल गरेर टुंगो लगाउनका लागि बैठक राखिएको महानगरपालिकाको कार्यालयले जनाएको छ ।

यही मंगलबार खाली कोठाको विषयलाई लिएर मेयर र उपमेयरका समर्थकबीच कुटाकुट भएको थियो ।


सम्बन्धित समाचार