३० मंसिर, वीरगञ्ज । पर्साको पोखरिया नगरपालिकामा गएराती एक दलित कर्मचारीमाथि बलात्कारको प्रयासको घटना भएको छ ।
नगरपालिकामा कार्यरत सरसफाइ कर्मचारीमाथि बलात्कारको प्रयास भएको प्रहरीले जनाएको छ ।
सरसफाइ शाखाका नाइके रामबली हजराले आफ्नै सरसफाइ कर्मचारीमाथि बलात्कारको प्रयास गरेको पोखरिया प्रहरीले बताएको छ ।
पीडक हजराले राती साढे ९ बजे नगरपालिकाको कार्यालयमा बोलाएर बलात्कारको प्रयास गरेको पीडित महिलाको आफ्न्तले जनाए ।
पीडित महिला र उनको श्रीमानले अहिले जाहेरी दिन इलाका प्रहरी कार्यालय पोखरियामा गएको बताइएको छ ।