Logo

४ पुस,पोखरिया । तिलगंगा आँखा प्रतिष्ठान काठमाडौ, वीरगञ्ज सामुदायिक आँखा केन्द्रको आयोजना तथा प्रदेश सभा सदस्य जनार्दन सिंह क्षेत्री र पुर्व मेयर दिपनारायण प्रसाद रौनियारको सहयोगमा आज पोखरिया नगरपालिकामा निशुल्क शिविर सम्पन्न भएको हो ।

नगरपालिकास्थित हनुमान मन्दिरमा निः शुल्क आँखा जाच तथा मोतियाविन्दु शल्यक्रिया शिविर सम्पन्न भएको हो । शिविरको उद्घाटन प्रदेश सदस्य जनार्दन सिंह क्षेत्रीले गर्नुभएको थियो ।

शिविरमा पोखरिया नगरपालिकाको १ देखि १० वडाका २ सय ३८ महिला तथा २ सय ४१ पुरुष गरि ४८० जनाको आँखाको चेकजाँच गरिएको छ । उनीहरुमध्ये २ सय ३७ जनामा मोतियाबिन्दुको समस्या फेला परेको हो ।

मोतियाबिन्दूको समस्या फेला परेका उनीहरुको पुस १० गते र ११ गते शल्यक्रिया गरिने डा. महेश सिंह धामीले जनाए ।

वडा अध्यक्ष लछुमन साह कानुको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा मुकेश पटेल, रामबाबु चौहान, बिवेक चौरसिया लगायतको उपस्थिती थियो ।


सम्बन्धित समाचार