Logo

४ पुस,पोखरिया । नेपाल राष्ट्रिय आधारभुत विद्यालय सतवरियाको नव निर्मित भवनको आज एक कार्यक्रमका बीच उद्धघाटन भएको छ । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्र्तगत ४२ लाख ५० हजारको लागतमा निर्माण भएको ४ कोठे भवनको नगरप्रमुख प्रधुम्न चौहानले रिबन काटेर उद्धघाटन गर्नुभएको हो ।

वडाध्यक्ष लछुमन साह कानुको अध्यक्षतामा भएको उद्घाटन समारोहमा नगरप्रमुख चौहानले विद्यालयमा भएको समस्या नगरपालिकाले समाधान गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । शिक्षा, स्वास्थ्यमा देखिएको समस्यालाई आफ्नै कार्यकालमा समाधान गर्ने उहाँको आश्वासन छ ।

केहि नेताहरुले नगरपालिकाको बिकास निर्माणबारे गलत अफवाह फैलाउने गरेकोमा त्यसको पछि नलाग्न उहाँले आग्रह गर्नुभएको छ । शिक्षकको दरबन्दी सम्बन्धि समस्या चाँडै समाधान हुने मेयर चौहानले बताउनुभयो ।

कार्याक्रममा उपप्रमुख रुवी ठाकुर, वडाध्यक्ष महिन्दर चौहान, शिक्षा शाखा प्रमुख बाल्मिकी साह, आर्थिक प्रशासन शाखा प्रमुख बिजय झा, प्रधानाध्यापक शंकर प्रसाद रौनियार, लालबाबु चौहान, पारस ठाकुर, युवा संघका केन्द्रिय सदस्य कौसल साह लगायतको उपस्थिती थियो ।


सम्बन्धित समाचार