Logo

४ पुस,जनकपुर । प्राकृतिक श्रोत तथा वातावरण समितिका सभापति शारदा दास पहाडीले प्रदेश वन ऐन कार्यान्वनका लागि तत्काल नियमावली बनाउनका लागि वन मन्त्रालयलाई निर्देशन दिएकी छन् ।

मधेश प्रदेश सरकारको मातहतमा मधेशभरका अधिकांश वन प्रदेश सरकार मातहत रहेपनि ऐन तथा कानून नहुँदा संघीय ऐन अनुसार नै वनसम्बन्धी कामकारवाही हुँदा मधेश प्रदेशलाई विभिन्न समस्याबाट गुज्रिनु परेको भन्दै सभापति शारदा दास पहाडीले तत्काल प्रदेश वन ऐनलाई कार्यान्वनका लागि नियमावली बनाउन निर्देशन दिएकी हुन् ।

बुधबार मधेश प्रदेशसभामा बसेको प्राकृतिक श्रोत तथा वातावरण समितिको बसेको बैठकबाट प्रदेश वनसम्बन्धी ऐनलाई कार्यान्वयनमा ल्याउनका लागि मस्यौदा तयार पार्नका लागि वन तथा वातावरण मन्त्रालयका प्रदेश सचिव उद्धव बहादुर घिमिरेलाई मुख्यन्यायाधिवक्ता बिरेन्द्रकुमार ठाकुरसँग समन्वय गरी ल्याउन निर्देशन दिएको समितिका सभापति पहाडीले बताइन् ।

उनले प्रदेश वन ऐन कानून कार्यान्वयनका लागि छिट्टै नै नियमावली ल्याइने र त्यसपछि प्रदेश वनसम्बन्धी कानून व्यवहारिकरुपमा कार्यान्वयन भएसँगै सरोकारवाल तथा जनताले पनि राहत पाउने बताइन् ।

सभामुख रामचन्द्र मण्डलको प्रमुख आतिथ्यतामा भएको यस बैठकमा प्रदेश सांसदहरु मनोज सिंह, त्रिभुवन साह, सञ्जिला यादव, ममता मण्डल, नुरैन साह, प्रदेशसभाका सचिव मनोज कुमार गिरी, अर्थ समितिका अध्यक्ष सतिश सिंहलगायतकाहरुको उपस्थिति रहेको थियो ।


सम्बन्धित समाचार