Logo

७ पुस,वीरगञ्ज । ग्रामिण क्षेत्रका मजदुरहरुले पनि रक्तदान कार्यक्रममा अग्रसरता देखाउन थालेका छन् ।

नेपाल बिजुली, पेन्टर, पलम्वर तथा निर्माण व्यवसायी मजदुर युनियन नगर कमिटिको आयोजनामा कलैया उपमहानगरपालिका वडा २१ भोडाहामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

कार्याक्रममा २ महिला सहित ३० जनाले रतmदान गरेको युनियनका सदस्य बासदेव यादवले जानकारी दिनुभयो ।
युनियन नगर अध्यक्ष धनेश्वर कुशवाहाको अध्यक्षता तथा नेपाली कांग्रेस बाराका सभापति पुर्व नगरप्रमुख राजेश राय यादवको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा रक्तसंचार केन्द्र वीरगंजका प्रमुख सौरभराज पाण्डेको टोलीले प्राविधिक सहयोग गरेको थियो ।


सम्बन्धित समाचार