Logo

७ पुस,वीरगञ्ज । वीरगञ्ज महानगरपालिकास्थित त्रिजुद्ध माविमा स्तन क्यान्सर सम्बन्धि सचेतना कार्याक्रम सम्पन्न भएको छ ।

विद्यालयका शिक्षिकाहरूको लागि एक दिने स्तन क्यान्सर सम्बन्धी सचेतना कार्यक्रमको आयोजना गरिएको हो । कार्याक्रममा स्तन क्यान्सर रोग विशेषज्ञ डा. विकास साह र स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. सम्मी कर्णले ६० जना शिक्षिकालाई स्तन क्यान्सर सम्वन्धि जानकारी गराउनुभएको थियो ।

अवध नारायण उमा देवी मेमोरियल फाउन्डेसन वीरगञ्जको आयोजनामा भएको कार्याक्रमको अध्यक्षता फाउन्डेसनका निर्देशक डा. पुष्पा कर्णले गर्नुभएको हो । वीरगञ्जका मेयर राजेशमान सिंहको प्रमुख आतिथ्यमा सम्पन्न कार्याक्रममा महानगरका शिक्षा शाखा अधिकृत अरविन्दलाल कर्ण, त्रिजुद माविका प्रधानाध्यापक नविन मिश्रा, युवा संघ नेपालका केन्द्रीय सदस्य अनिल पटेल लगायतको सहभागिता थियो । कार्यक्रमको सञ्चालन शिक्षक प्रेम पटेलले गर्नुभएको थियो ।


सम्बन्धित समाचार