Logo

२० पुस,काठमाडौं । सशस्त्र प्रहरी बलका विभिन्न पदका लागि २८८ जनाको नयाँ भर्ना खुलेको छ ।
सशस्त्र प्रहरी निरीक्षक, सशस्त्र प्रहरी सहायक निरीक्षक र परिचर पदमा गरी २८८ जनालाई नयाँ भर्ना खुलेको हो ।

जसमा निरीक्षक पदमा खुला ५४ सहित ९९ जना, सहायक निरीक्षक पदमा खुला ५३ सहित ९८ र परिचर पदमा खुला ५० सहित ९१ जनाको विज्ञापन रहेको छ ।
यस्तै, परिचरतर्फ भान्छे, कूचिकार, सूचिकार, केशकर्तक, चर्मकर्मी र मालीका लागि भर्ना खुलेको छ ।

सशस्त्र प्रहरी निरीक्षक, सशस्त्र प्रहरी सहायक निरीक्षक पदका लागि पुस २० गतेदेखि माघ २१ गतेसम्म दरखास्त फारम बुझाउन सकिने छ ।
दोब्बर दस्तुर तिरेर माघ २२ गतेदेखि २८ गतेसम्म फारम बुझाउन सकिने सशस्त्र प्रहरी बलले जारी गरेको विज्ञापनमा उल्लेख छ ।

विज्ञापनः


सम्बन्धित समाचार