Logo

२३ पुस,काठमाडौं। माघ ११ मा हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि कोशी प्रदेशबाट गठबन्धनका साझा उम्मेदवार कृष्ण प्रसाद सिटौलाले उम्मेदवारी दर्ता गराएका छन्। उनको प्रस्तावकमा प्रदीप सुनुवार र समर्थकमा हिमाल कार्की छन्।

सिटौलाले सोमबार कोशी प्रदेशको निर्वाचन अधिकृतको कार्यालय विराटनगरमा उम्मेदवार दर्ता गराएका हुन्। निर्वाचन आयोगका अनुसार आज बिहान १० देखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यसूची छ।

सोमबार दर्ता भएका उम्मेदवारको अन्तिम नामावली पुस २७ गते प्रकाशन गर्ने आयोगको कार्यतालिका छ। यससँगै पुस २८ गते बिहान १० देखि दिउँसो १ बजेसम्म उम्मेदवारले निर्वाचन चिह्न प्राप्त गर्नेछ।

माघ ११ गते बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ। मतदान सकिएलगत्तै गणना गरिने आयोगले जनाएको छ। राष्ट्रिय सभामा रिक्त १९ पदका लागि निर्वाचन हुन लागेको हो।


सम्बन्धित समाचार