Logo

२३ पुुस,जनकपुर । सत्ता गठबन्धनको तर्फबाट मधेश प्रदेशमा राष्ट्रियसभा सदस्य निर्वाचनका लागि अन्य पदमा नेपाली कांग्रेसले मधेस प्रदेशबाट पार्टीका केन्द्रीय सदस्य आनन्दप्रसाद ढुंगानालाई उम्मेदवार बनाएकोमा उनी विरुद्ध पार्टी केन्द्रीय कार्यालयमा उजुरी परेको छ ।

अनुशासन समितिका संयोजक समेत रहेका केन्द्रीय सदस्य ढुंगानाबिरुद्ध धनुषाका नेता भोला पञ्जियारले उजुरी दिएका हुन् ।
धनुषा क्षेत्र नम्बर १ का महासमिति सदस्य भोला पञ्जियारले केन्द्रीय सदस्य ढुंगानाले दिएको उजुरी अनुसार अघिल्लो राष्ट्रिय सभा सदस्यको निर्वाचनमा भोट खरिद गर्नका लागि भनि ढुंगानाले २० लाख रुपैयाँ लिएको आरोप लगाएका छन् ।

अघिल्लो राष्ट्रिय सभा सदस्यको निर्वाचनमा मधेसबाट कांग्रेसका उम्मेदवार समेत रहेका पञ्जियारले पुस २० गते पार्टी केन्द्रीय कार्यालयमा उजुरी दिएका छन् ।
उनले दिएको उजुरीमा भनिएको छ, ‘त्यति बेलाको चुनावमा भोट किन्नु पर्छ भनेर आदरणीय नेता आनन्दप्रसाद ढुंगाना ज्यूलाई म १० लाख र नगिना यादव १० लाख गरी २० लाख रुपैयाँ जम्मा गरें, भोट किन्न नसके वापस गर्छु भन्ने कुराहरु भएका थिए,’ पञ्जियारले दिएको उजुरीमा भनिएको छ, ‘तर भोट किन्न सक्नु भएन र अहिलेसम्म मेरो १० लाख रुपैयाँ पनि फिर्ता गरिरहेको छैन ।’

तर नेता ढुंगानाले भने आफूले पैसा नलिएको दावी गरेका छन् । केन्द्रीय सदस्य ढुंगानाले आफुले अहिलेसम्म कसैसंग कुनैपनि किसिमको पैसा नलिएको जिकिर गरे ।


सम्बन्धित समाचार