Logo

२४ पुस,वीरगञ्ज । बाराको महागढीमाई नगरपालिका वडा नं.१० गन्जभवानीपुरमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

नगरपालिकास्थित स्वास्थ्य उपचार केन्द्रमा निशुल्क महिला प्रसुती रोग उपचार सम्बन्धि शिविर सम्पन्न भएको हो । लायन्स क्लव अफ वीरगञ्ज, लायन्स क्लव अफ बारा गन्जभवानीपुर र उपकार सेवा नेपालको संयुक्त आयोजनामा शिविर सम्पन्न भएको हो ।

शिविरमा ९० जना सर्वसाधारण महिलाले चेकजाँच गराएका छन् । वीरगञ्जस्थित श्रीराम अस्पतालकी स्त्री रोग विशेषज्ञ डा. दिप्ती यादव, डा प्रीती यादवले महिलाको जाँच गर्नुभएको थियो । शिविरमा चेकजाँच गरि निशुल्क औषधी समेत वितरण गरिएको थियो ।

कार्यक्रममा उपकार सेवा नेपालकी अध्यक्ष विद्या कुमारी सरावगी, सदस्यहरु सुमन बगेडिया, अङ्गकुर शर्मा, शिवानी शर्मा, लायन्स क्लबका प्रविन कुमार माली र बंशराज गुप्ताको सहभागीता रहेको सामाजिक अभियान्ता प्रकाश थारुले बताउनुभयो ।


सम्बन्धित समाचार