Logo

४ माघ,वीरगञ्ज । राष्ट्रिय बाणिज्य बैंकको ५९ औं बार्षिकोत्सवको अवसरमा प्रादेशिक कार्यालय वीरगञ्जले रक्तदान र स्वास्थ्य शिविरको आयोजना गरेको छ ।

वीरगञ्जको आदर्शनगर स्थित प्रादेशिक कार्यालय परिसरमा आयोजना गरेको रक्तदानमा ५ जना महिला सहित ४६ जनाले रक्तदान गरेका छन् । राष्ट्रिय बाणिज्य बैंक मधेस प्रादेशिक कार्यालय वीरगन्जका प्रमुख कमलेश ठाकुर र।

उपप्रमुख सन्ध्या सिंहको उपस्थितिमा भएको कार्यक्रममा एकै दिन रक्तदान, स्वास्थ्य शिविर सम्पन्न भएको हो ।
शुक्रबार नै सम्पन्न स्वास्थ्य शिविरमा महिलाहरुको लागि प्रजनन स्वास्थ्य परीक्षण गरिनुका साथै दन्त परीक्षण शिविर पनि सम्पन्न भएको छ ।

स्वास्थ्य शिविरमा स्त्री रोग विशेषज्ञ डाक्टर एलिसा दास, हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर नविन कुमार सिंह, फिजिसियन डा.रविरञ्जन साहले स्वास्थ्य परीक्षण गरेका थिए ।

त्यस्तै किरण आँखा अस्पतालको सहयोगमा आँखा शिविर र साहारा डेण्टल क्लिनिकको सहयोगमा आयोजित दाँत परीक्षण शिविरमा एकसय जनाको आँखा र दाँत परीक्षण गरिएको बैंकका आलोक कर्णले जानकारी दिनुभयो ।


सम्बन्धित समाचार