Logo

६ माघ,रौतहट । रौतहटको देवाही गोनाही नगरपालिकाका पूर्व मेयर धर्मेन्द्र पटेलले भ्रष्टाचार मुद्दामा सफाइ पाएका छन् । विशेष अदालतले शुक्रबार उनलाई भ्रष्टाचार मुद्दामा सफाइ दिएको हो ।

उनका सहयोगीको रूपमा रहेका अशोक पटेलले पनि उक्त मुद्दामा सफाइ पाएका छन् । न्यायाधीशहरु खुशी प्रसाद थारु, तेजनारायण सिंह राई र रितेन्द्र थापाको संयुक्त इजलासले पूर्व मेयर पटेल र उनका सहयोगीलाई भ्रष्टाचार मुद्दाबाट सफाइ दिएको हो ।

२०७८ साल फागुन १५ गते तत्कालीन मेयर धर्मेन्द्र पटेल नगरपालिकाको कार्यकक्षबाटै पक्राउ परेका थिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालयको टोलीले उनलाई दुई लाख नगद र साढे दुई लाख रुपैयाँको चेकसहित पक्राउ गरेको थियो ।

देवाही गोनाही नगरपालिका वडा नम्बर १ का अध्यक्ष शेख नुरुल्लाहसँग घुस लिएको आरोपमा तत्कालीन मेयर पटेल र उनका स्वकीय सचिव अशोक पटेल लगायत चार जनालाई पक्राउ गरेको थियो ।


सम्बन्धित समाचार