Logo

३० फागुन,वीरगञ्ज । बाराबाट प्रहरीले लागुऔषधसहित एकजनालाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरी टोलीले लागुऔषधसहित एकजनालाई पक्राउ गरेको हो ।

निजगढ नगरपालिका वडा नं. १६ टांगिया बस्ती बस्ने २७ वर्षका अजय घलान भन्ने कान्छाराम तामाङलाई पक्राउ गरेको बाराका डिएसपी दधिराम न्यौपानेले जनाए । प्रहरीलाई आएको सूचनाको आधारमा जाँच गर्दा घलानले आफ्नै घरमा लुकाइछिपाई राखेको अवस्थामा भारि परिमाणमा लागुऔषध ट्याब्लेटहरु बरामद गरेको उनले बताए ।

उनको साथबाट ट्रामाडोल १ हजार २०५ पिस, नाईट्राभेट ७५ पिस र एन्टिकफ ६६ पिस फेला पारेको प्रहरीले जनायो । पक्राउ परेकामाथि लागुऔषध मुद्दा दर्ता गरी बारा जिल्ला अदालतबाट ३ दिनको म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय बारा बताउँछ ।


सम्बन्धित समाचार