Logo

३० फागुन,वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नं. १८ सुखचैनामा महिला शौचालय निर्माण गरिएको छ । सुखचैनास्थित श्री नेपाल राष्ट्रिय गीता गजेन्द्रराज जोशी माध्यमिक विद्यालयमा महिलाका लागि शौचालय निर्माण गरिएको हो ।

उपकार सेवा नेपाल तथा राउण्ड टेबल वीरगञ्ज–३ को संयुक्त लगानीमा शौचालय निर्माण गरिएको सामाजिक अभियान्ता प्रकाश थारुले बताए । विद्यालयमा अध्ययनरत चारसय २० जना छात्राहरुका लागि शौचालय अभाव रहेकोले सोहीलाई मध्यनजर गर्दै शौचालय निर्माण गरेको थारुले जानकारी दिए ।

कार्यक्रममा उपकार सेवा नेपाल संस्थाको अध्यक्ष बिद्या कुमारी सरावगी, सदस्यहरु सुमन बगेडिया, सज्जन अग्रवाल तथा राउण्ड टेबल वीरगञ्ज–का अध्यक्ष अंकुर अग्रवाल, विद्यालयका सुनिल कुमार झा, शिक्षक अरुण यादव, शिक्षिका उषा बासकोटा लगायत विद्यार्थीहरुको उपस्थिती रहेको थियो ।


सम्बन्धित समाचार