Logo

१ चैत,वीरगञ्ज । बाराबाट प्रहरीले १ कारोडभन्दा बढीको सामानसहित सवारीसाधन नियन्त्रणमा लिएको छ । प्रहरीले चलाएको जाँच अभियानका क्रममा फरकफरक स्थानबाट दुईदिनमा ठूलो परिमाणमा सामानसहित सवारीसाधन नियन्त्रणमा लिएको जनाएको हो ।

विशेष सूचनाको आधारमा जाँच गर्दा १ करोड १८ लाख ६ हजार १४० रुपैँया बराबरको भन्सार छलीका सामानसहित सवारीसाधन बरामद भएको बाराको प्रहरी प्रवक्ता दधिराम न्यौपानेले जनाए ।
ईलाका प्रहरी कार्यालय जीतपुरबाट खटिएको टोलीले वीरगञ्जबाट बाँकेतर्फ जाँदै गरेको ना ६ ख ६५१३ नम्बरको ट्रक नियन्त्रणमा लिएको उनले बताए ।

जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. ७ जीतपुरमा रोकेर चेक गर्दा ट्रकमा लोड रहेका १ करोड १७ लाख ५३ हजार ७४० मूल्य बराबरका कस्मेटिक सामान, रेडिमेट कपडा, औषधी, टायर, बटरकप, पपकनसहित अन्य किराना सामान पनि बरामद गरिएको प्रहरी प्रवक्ता न्यौपानेको भनाइ छ ।

यसैगरी इलाका प्रहरी कार्यालय पथलैयाले जीतपुरसिमरा उपमहानगरपालिका–१ पथलैयाबाट रौतहटबाट काठमाण्डौँतर्फ जाँदै गरेको बसबाट भन्सार छलीका सामान पक्राउ गरेको जनायो ।
बा प्र ०३–००१ ख ११३४ नम्बरको बसबाट ५२ हजार ४ सय रुपैँयाको १२४ प्याकेट बिँडी, खजूर ३३ प्याकेट र आलुनियम रड बरामद गरेको प्रहरीले जनाएको छ ।

बरामद सामानसहित सवारी आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाएको जिल्ला प्रहरी कार्यालय बारा बताउँछ ।


सम्बन्धित समाचार