Logo

१ चैत,पर्सागढि । पर्साको पर्सागढि नगरपालिकामा आजदेखि पशुहरुलाई भ्याक्सिन लगाउन सुरु भएको छ । पशु हस्पिटल तथा विज्ञ केन्द्र पर्साको सहयोग र पर्सागढि नगरपालिकाको समन्वयमा पशुहरुलाई भ्याक्सिन लगाउन सुरु भएको हो ।

बाख्राहरुमा पिपिआर र गाईभैंसीमा खोरेट रोग प्रतिरोधात्मक भ्याक्सिन लगाउन सुरु गरिएको पर्सागढिका पशुपन्छि तथा मत्स्य बिकास शाखा प्रमुख डा. पुस्पेन्द्र कुमार साहले बताउनुभयो । आज पर्सागढि नगरपालिका वडा न ९ र ७ मा एक सय बाख्रालाई पिपिआर भ्याक्सिन र चारसय पचास गाईभैंसीलाई खोरेट रोगको भ्याक्सिन लगाईएको उहाँले जानकारी दिनुभयो ।

उहाँका अनुसाार दशजना पशु प्राविधिक टोलीले पर्सागढिको नौ वटै वडाहरुमा करिब १६ हजार बाख्रा र ९ हजार गाईभैंसीलाई भ्याक्सिन लगाउनेछन् ।

प्रत्येक वर्ष पशुपालक किसानहरुले पालेको बाख्रामा पिपिआर र गाईभैंसीहरुमा खोरेट रोग देखा पर्दै आएकोले यो खोप अभियान सुरु भएको हो ।


सम्बन्धित समाचार