Logo

२ चैत,वीरगञ्ज । पर्सा प्रहरीले घरेलु मदिरा बरामद गरी नष्ट पारेको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर १५ बसपार्कबाट प्रहरीले घरेलु मदिरा बरामद गरी नष्ट पारेको हो ।

पथलैयाबाट विभिन्न सवारी साधनमा तयारी घरेलु मदिरा लुकाइछिपाई ल्याइएको सूचना प्रहरीलाई आएको थियो । सोही सूचनालाई पच्छउँदै जाँदा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले एक हजार लिटर घरेलु मदिरा बरामद गरेको हो ।

मदिरा पर्सा प्रहरी परिसरको खाली जग्गामा नष्ट पारिएको प्रहरी बताउँछ ।


सम्बन्धित समाचार