Logo

२ चैत,वीरगञ्ज । मानव सेवा आश्रम वीरगञ्ज शाखाका आश्रितहरुको निशुल्क थाइराइड जाँच गरिएको छ ।

आश्रममा आश्रितमध्ये ७५ जनाको थाइराइड जाँच गरिएको हो ।

जिल्ला डाइग्नोष्टिक प्रालिको आयोजना तथा डा. अच्युतानन्द लाल कर्ण र ल्याब टेक्निसियन अर्जुन कुमार साहको प्राविधिक सहयोगमा उनीहरुको जाँच गरिएको सामाजिक अभियान्ता प्रकाश थारुले जनाए ।

 


सम्बन्धित समाचार