Logo

नेक्सजेन म्यानेजमेन्ट सोलुसन्स प्रा।लि।ले कारोबार प्रारम्भ गरेको पहिलो महिनामा नै उत्साहप्रद कारोबार गरेको छ।सम्पति ब्यवस्थापन र ब्यवसायिक परामर्शदाताको सेवा दिने कंपनिको रुपमा स्थापित यसले गएको फाल्गुन २ गते वसन्त पंचमिको दिनबाट काम शुरु गरेको हो। पुर्ब बैकंर र विभिन्न ब्यवसायिक क्षेत्रका बिज्ञहरु मिलेर आर्थिक मंदिको बेला संचालन गरेको नेक्सजेनको पहिलो महिनाको अनुभव कस्तो रह्यो,त्यस बिषयमा यस्का अध्यक्ष रमेश कुमार भट्टराई संग गरिएको अन्तरबार्ताको साराशं।

गएक‍ो फाल्गुनबाट काम शुरु गर्नु भयो। पहिलो महिनाको अनुभव कस्तो ,रह्यो ?

काम शुरु गरेको तीन महिना भित्र आवस्यक संरचना बनाउने, बिज्ञहरुको रोष्टर तयार गर्ने, सातै प्रदेशमा कार्यरत बिज्ञ समूह संग समझौता गर्ने र नेक्सजेनले गर्ने कामको ब्यापक प्रचार प्रसार गरि ब्राण्डिगं गर्ने कार्यक्रम थियौ। तर समस्यै समस्याको बेलामा आएकोले हामीले सोचेको भन्दा धेरै राम्रो रेस्पोन्स र काम पाएका छौं।

देश आर्थिक रुपमा अस्त ब्यस्त छ, सरकारले चाहेर पनि केही गर्न सकेको छैन, यस्तो बेलामा के काम पाउनु भयो र ?

आर्थिक संकटको समयमा काम शुरु गर्दा हामी धेरै आशाबादि थिएनौ। समय लागे पनि राम्रो गर्न सकिने हिम्मत र बिस्वास चाहिँ थियो। गलत समय भनेको एकदम सहि समयमा काम शुरु गरिएछ। नया लोन प्रोसेशिगं, खराब कर्जाको सेटलमेन्ट,रि फाईनान्स, ब्यवसायिक भवन खरिद, प्रोजेक्ट बिक्रि, ब्यवस्थापन करारमा दिने जस्ता कामहरु आई सकेका छन। हामी प्रतिको बिस्वास र रेस्पोन्स पाएका छौ।

कुन कुन क्षेत्रमा कति कति काम पाउनु भयो, भन्न मिल्छ कि ?

सानो सानो भए पनि नयाँ लोन प्रोसेसिगंको ७ वटा, खराब कर्जा सेटलमेन्टको २ वटा, रि फाईनान्सको १ वटा, ठूलो कृषि परियोजनाको संभाब्यता र स्थापनाको १ वटा, ब्यवसायिक भवन खरिद र होटल परियोजना बिक्रिको १/१ वटा, ब्यवस्थापन करारमा दिने गरि २ वटा उधोगको फाईलहरु आएका छन।

तपाईहरुलाई एक महिनामा आएको कामहरु हेर्दा आम्दानि पनि राम्रै होला जस्तो छ नि ?

देश अहिले आर्थिक संकटमा छ। उधोगपति ब्यवसायिको स्थिति एकदम नाजुक छ। यस्तो बेला कमाउने भन्दा सहयोगि भावना लिएर काम गरिरहेका छौ। प्रभु महालक्ष्मी लाईफबाट आर्थिक सुबिधा सहित स्वेच्छिक अवकाश लिएका हामी केही मित्रहरु नेक्सजेनमा कार्यरत छौ। तीन महिना तलब नलिने सोच बनाएकोले दुखमा रहेका ब्यवसायि संग अफिस चलाउने गरि एकदम न्यनतम शुल्क लिएर काम गर्दैछौ। त्यसैले अहिले नै कमाउने उद्देश्य राखेका छैनौ।

बैकंहरुको खराब कर्जा असुलि र संकटग्रस्त सहकारिको ब्यवस्थापनमा सल्लाहकार सेवा पनि दिने गरि सोसल मिडियामा सुचना आएको थियो। त्यस क्षेत्रमा केहि पहल भएको छ कि ?

हामी पुर्ब बैकंरहरु पनि नेक्सजेनमा छौ। पुरानो कर्जा असुलि र कर्जा ब्यवस्थापनमा हामी संग धेरै अनुभव छ। यस्मा हामी ठोस उपलब्धि दिन सक्छौ भनेर बाणिज्य बैकंहरुलाई पत्राचार र सहकारिलाई सुचना दिएका थियौ। ५ वटा बैकं र केही सहकारिले हामी संग सम्पर्क र टेलिफोनमा छलफल पनि गरेका छन। उनिहरु संकटमा छन र हामीले दिने भनेको बिशेषज्ञ सेवा आवस्यक छ। तर बैकंहरु हामी माथिको बिस्वासको कुरा गर्दै छन भने सहकारिहरु भित्रको गोप्यता खुल्ने डरले सेवा लिन डराईरहेका छन। हामी बैकं प्रमुख भएर अर्बौको कारोबार गरेका प्रोफेसनल हौ, हामी माथि आँखा चिम्लेर बिस्वास गर्न आग्रह गर्छु। बैकं र सहकारिलाई समस्या परेको बेला ब्यक्तिगत ईगो लिदा र अबिस्वास गर्दा कसैलाई फाईदा नहुने कुरा हामी सबैले बुझ्नु जरुरि ठान्छु।

खराब कर्जा असुलिको काम बाहिरकालाई दिन बैकं तथा बित्तिय संस्था सबंन्धि ऐनले रोकेको छ भनेर बैकं प्रमुखहरु भन्नू हुन्छ, कुरा चाहिँ के हो नि ?

बिकसित मुलुकमा लोन प्रोसेसिगंको काम आउट सोर्सिगं हुन्छ र खराब कर्जा असुलिमा छुट्टै संचालित सम्पति ब्यवस्थापन कंपनि जसलाई चलन चल्तिमा ब्याड बैकं भनिन्छ, उनिहरुले गर्छन। हामी कहाँ त्यो ब्यवस्था छैन। तर बैकंहरुले बिशेषज्ञ ब्यक्ति वा कंपनिलाई छोटो समयको लागि खराब कर्जा असुलि सल्लाहकारको रुपमा राखेर असुलिलाई प्रभावकारि बनाउन कुनै ऐनले रोकेको त छैन नि। खराब कर्जाको बोझ बढदै गएमा बैकं डुब्न बेर लाउदैन, अनि बैकं प्रमुखको हाल के होला, कसैले सोचेको छ ? त्यसैले ईगो र ऐनको कुरा छोडेर सिस्टम भित्र बिज्ञको सेवा लिनुमा नै सबैको हित छ जस्तो लाग्छ।

सम्पति ब्यवस्थापन कंपनिको काम गर्ने भन्नू भयो। यसलाई त ठूलो पुजिं चाहिन्छ।नेक्सजेनको पुजिं चाहिँ कति हो नि ?

सम्पति ब्यवस्थापन कंपनिको लागि कम्तिमा ५० करोड पुजिं चाहिन्छ।राष्ट्र बैकंले यस्को लागि नीतिगत र कानुनि ब्यवस्था गरेको छैन। काम गर्न नपाए पछि पुजिं थुपारेर केही काम छैन। त्यसैले अहिले कमिसन र शुल्कबेस कामको लागि दुई करोड पुजिं राखेर काम गर्दै कमाउदै अनि अनुभव लिदै जाने र एक बर्ष भित्र पुजिं दस करोड पुर्याउने कार्यक्रम छ ।नीतिगत ब्यवस्था भए पछि पचास करोड पुर्याउने सोच र योजना छ।

नयाँ काम शुरु गरि सक्नु भो, एक महिना भित्र ग्राहकको रेस्पोन्स पनि हेर्नू भयो। नेक्सजेनको भबिष्य कस्तो अनुमान गर्नु भएको छ ?

मर्निगं सोज द डे र राईट जब ईन राईट राईम त सुन्नु र बुझ्नु भएकै होला। तपाईं संग भिजन छ, टिम छ, हिम्मत छ, काम गर्ने जागंर छ र ईमान्दारिता पनि छ भने शत प्रतिशत सफल भईन्छ। हामीले शुरु गरेको कामको मुलुकमा ठूलो आवस्यकता छ र अहिलेको संकटपुर्ण अवस्थामा व्यापक मागं पनि छ। त्यसैले अबको पाचं बर्ष भित्र नेक्सजेनलाई यो क्षेत्रमा नेतृत्वदायि र सफल कंपनिको रुपमा स्थापित गर्छौ, यो हाम्रो टिमको बिस्वास हो।


सम्बन्धित समाचार