Logo

२ चैत, काठमाडौँ । १४ किलो सुन तस्करीमा संलग्न आरोपमा थुनामा रहेका जीवनकुमार गुरुङविरुद्ध जिल्ला अदालत काठमाडौँमा मुद्दा दर्ता गरिएको छ । त्रिभुवन विमानस्थल भन्सार कार्यालयले गुरुङसँग १ अर्ब ४० करोड बिगो मागदावी लिएको छ ।

गुरुङ पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका सल्लाहकार रहेका थिए । उनलाई १४ किलो सुन तस्करीमा संलग्न रहेको आरोपमा मुद्दा दायर गरिएको त्रिभुवन विमानस्थल भन्सार कार्यालयले जनाएको छ ।

गुरुङबारे भन्सार कार्यालयले अनुसन्धान गरेको थियो । गोरखा बारपाक घर भएका ४५ वषीर्य चन्द्र घलेले दुबईबाट ल्याएको १४ किलो सुनमा गुरुङको ‘कनेक्सन’ देखिएपछि केन्द्रीय अनुसन्धान ब्युरोले उनलाई पक्राउ गरेको थियो ।

उनलाई त्रिभुवन विमानस्थल भंसार कार्यालयको अनुरोधमा पक्राउ गरी भंसार कार्यालयमा बुझाइएको ब्यूरोले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

गुरुङ डिल्लीबजारमा सञ्चालित प्लाटिनम कलेजका प्रमुख कार्यकारी अधिकृत हुन् ।


सम्बन्धित समाचार