Logo

३ चैत,ठोरी । पर्साको ठोरी गाउँपालिकामा घण्टाघर निर्माण हुने भएको छ । वीरगञ्जपछि ग्रामीण क्षेत्रमा नै पहिलोपटक घण्टाघर निर्माण हुन लागेको हो । ठोरी गापा –४ को बिजयबस्ती चोकमा निर्माण हुन लागेको घण्टघरको आज शिलान्यास गरिएको छ।

ठोरी चालु आर्थिक वर्षमा विनियोजित रु ६४ लाख ९८ हजार लागतमा निर्माण हुन लागेको सो घण्टाघरको शनिवार गापा अध्यक्ष लाल बहादुर श्रेष्ठको उपस्थितिमा ठोरी –४ का वडाध्यक्ष मान बहादुर थिङ्ले शिलान्यास गर्नुभएको छ । घण्टाघर निर्माणको ठेक्का प्रकाश निर्माण सेवाले सकारेको छ । घण्टाघरको निर्माण चालु आर्थिक वर्षमा नै सम्पन्न गर्ने गरी निर्माणको ठेक्का दिइएको गापा अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।

शिलान्यास कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राज कुशवाहा, एमाले ठोरीका अध्यक्ष खगेन्द्र श्रेष्ठ, नेपाली कांग्रेस ठोरीका सभापति सन्तोष श्रेष्ठ लगायत ठोरी–४ का स्थानीयबासीको उपस्थिति रहेको थियो ।


सम्बन्धित समाचार