Logo

३ चैत,वीरगञ्ज । सशस्त्र प्रहरी बल पर्साले भन्सार छलीका सामानसहित दुईजनालाई पक्राउ गरेको छ । बिन्दवासिनी गाउँपालिका वडा नम्बर ३ झौवा नाकाबाट भन्सार छलीका सामानसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको हो ।

राजश्व चोरी गरी नेपालतर्फ कपडा ल्याउँदै गरेको सूचना प्रहरीलाई आएको थियो । सोही सूचनाको आधारमा सशस्त्र प्रहरी बल पर्सा गणबाट खटिएको गाडी मोबाईल टोलीले उनीहरुलाई पक्राउ गरेको सशस्त्र प्रहरी पर्साका प्रहरी नायब उपरिक्षक संगम श्रेष्ठले जनाए ।

उनका अनुसार भारतीय नम्बर प्लेट बिआर २२ एक्स ५९५६ र बिआर २२ एक्स २८५० नम्बरको मोटरसाइकलमा भन्सार छलीका सामान ल्याँउदैँ गरेका दुईजनालाई पक्राउ गरिएको हो । पक्राउ पर्नेहरुको नाम प्रहरी खुलाएन ।

प्रहरीका अनुसार पक्राउ परेकाहरु बहुदरमाई नगरपालिकाका बासिन्दा हुन् । पक्राउ परेकाहरुलाई आवश्यक कारवाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा पठाइएको सशस्त्र प्रहरीले जनायो ।


सम्बन्धित समाचार