Logo

४ चैत, साइवेरीया, रुस । रुसमा जारी राष्ट्रपतिको निर्वाचन शान्तिपूर्ण रुपमा भईरहेको छ । १५ मार्च देखि १७ मार्च अर्थात चैत २ गते शुक्रबारदेखि शुरु भएको मतदानको आज अन्तिम दिन हो । अन्तिम दिनसम्ममा रुसमा शान्तिपूर्ण रुपमा मतदान भईरहेको अन्तराष्ट्रिय पर्यवेक्षक टोलीले जनाएको छ ।

निर्वाचनमा धाँधली हुने बाहिरी हल्ला भन्दा फरक तरिकाले रुसमा मतदान भईरहेको अन्तराष्ट्रिय पर्यवेक्षक टोलीमा खटेका नेपाली प्रतिनिधि रामकुमार भट्टराईले बताए । रुसका नागरिकले राष्ट्रपतिको निर्वाचनमा राहदानीबाट मतदान गर्न पाउने छन् । रुसका नागरिकले तीन प्रकारले आफ्नो उम्मेदवारलाई मत दिन पाउनेछन् । पहिलो प्रत्यक्ष मतपेटिकामा चिन्ह लगाएर मत दिन पाउनेछन् ।

अर्को आफ्नो मतदान केन्द्र भन्दा मतदाता बाहिर छ र मतदान केन्द्रमा मतदान गर्न जान नपाएको अवस्थामा अनलाइन भोटिङबाट पनि मत खसाल्न पाउने अधिकार सहितको व्यावस्था गरेको छ । त्यस्तै सुत्केरी, शारिरिक अशक्तता भएकाहरुलाई निर्वाचन आयोगले नै सानो मत पेटिका सहित आयोगका कर्मचारीहरुलाई पठाएर उम्मेदवारमा प्रतिनिधिको रोहबरमा मत संकलन गरेर ल्याउने व्यावस्था गरेको छ ।

अनलाइन भोटिङलाई पाइलट प्रोजेक्टको रुपमा अगाडि सारिएको छ। सबै क्षेत्रमा यो अनलाइन भोटिङ्ग प्रणाली हाललाई लागू गरिएको छैन । मोबाइलबाट भोट हाल्नलाई निर्वाचन भन्दा ३ दिन पहिले नै मोबाइल भोटिङ प्रयोग गर्दैछु भन्ने जानकारी अन्लाईन बाट गराउनु पर्छ ।

जारी मतदान त्यहाँको स्थानीय समय अनुसार आज बेलुकी ८ बजेसम्म चल्ने छ । राष्ट्रपतिको लागि वर्तमान राष्ट्रपति भ्लादिमिर पुटिन, निकोलाय खारीतोनोभ, लियोनिड स्लट्स्की र भ्लादिसभ दानाकोभ मैदानमा प्रतिस्पर्धा गरीरहेका छन् । पुटिनले गठबन्धन दल अल रसियन पिपुल्स फ्रण्टबाट उम्मेदवारी दिएका छन् ।

खारीतोनोभ कम्युनिष्ट पार्टीबाट, लियोनिड गठबन्धनबाट लिबरल डेमोक्रेटिभ पार्टी अफ रसियाको तर्फबाट उम्मेदवारी दिएका छन् । त्यस्तै युनियन अफ फोलिटिकल फोर्सको तर्फबाट दानाकोभले उम्मेदवारी दिएका छन् ।

रुसको राष्ट्रपति निर्वाचनका लागि अन्तराष्ट्रिय पर्यवेक्षकको रुपमा खटिएका टोलीले पहिलो दिन ६ वटा मतदान केन्द्रमा, दोश्रो दिन ७ वटा र आज अन्तिम दिन बिहान ११ बजे सम्ममा ४ वटा मतदान केन्द्रमा पर्यवेक्षण गरिसेका छन् । अहिलेसम्मको पर्यवेक्षणमा रुसमा शान्तिपूर्ण रुपमा मतदान भईरहेको जनाएको छ ।

निर्वाचनको पर्यवेक्षको रुपमा नेपाल, इण्डोनेसिया, अफ्रिका, टर्की, माल्दिभ्स, अमेरिका लगायतका देशहरुबाट प्रतिनिधित्व रहेको छ । निर्वाचनको सीसीटिभी प्रणालीबाट प्रत्यक्ष निगरानी पनि गरिएको छ । केन्द्रीय निर्वाचन टोलीले केन्द्रीय अनुगमन प्रणालीको व्यावस्था गरेर निर्वाचन प्रणालीमा कही कतै समस्याहरु आउन नदिनका लागि निरन्तर निगरानी गरिएको टोलीले जनाएको छ ।


सम्बन्धित समाचार