Logo

४ चैत,वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय बाराले २६ लाखभन्दा बढीका भन्सार छलीका सामान तथा यूरीया खाद्यसहित सवारीसाधन नियन्त्रणमा लिएको छ ।जिल्लाका फरकफरक स्थानहरुबाट २६ लाख २९ हजार ३५७ मूल्य भन्सार छलीका सामानसहित सवारीसाधन नियन्त्रणमा लिएको हो । ।

प्रहरीले चलाएको जाँचमा फरकफरक समयमा सामानहरुसहित सवारीसाधन नियन्त्रणमा लिएको बाराका प्रहरी नायब उपरिक्षक प्रवक्ता दधिराम न्यौपानेले जानकारी दिए ।
चैत्र २ गते इलाका प्रहरी कार्यालय अमलेखगञ्जबाट खटिएको टोलीले जीतपुरसिमरा–२१ बाट ना ३ ख २२९ नम्बरको ट्रक बरामद गरेको उनले बताए ।

वीरगञ्जबाट काठमाण्डौँतर्फ जाँदै गरेको उक्त ट्रकमा लोड रहेका १७ लाख ३५ हजार ४१७ मूल्यका मोटरसाइकल पार्टस,पेन्ट, खाद्यन्न र खुद्रा सामानको बिलको स्रोत नखुलेकाले पक्राउ गरिएको उनको भनाइ छ ।
यस्तै सोही दिन वीरगञ्जबाट हेटौँडातर्फ जादै गरेको ना ५ ख १३०० नम्बरको बसबाट २१ हजार ७२० मूल्यका ४२ प्याकेट पानीपुरी, ९० किलोग्राम चिनी, २०० केजी प्याजको बिल शंका लागेर सामान पक्राउ गरेको प्रवक्त न्यौपानेको भनाइ छ ।
यसैगरी जीतपुरसिमरा–१ पथलैयाबाट प्रहरी चौकी पथलैयाको टोलीले प्र २–०३–००१ ख १२१४ नम्बरको बसबाट २० हजारको ग्यालेण्डरको चक्का २ कार्टुन बरामद गरेको प्रहरीले जनाएको छ । प्रवक्ता न्यौपानेका अनुसार वीरगञ्जबाट काठमाण्डौका लागि छुटेको प्र २–०३–००१ ख २१४७ नम्बरको बसबाट ७८ पिस मोबाइलको डिस्प्ले झण्डै २ लाख ३४ हजार मूल्यको पक्राउ गरेको हो । यता जीतपुरसिमरा–१ पथलैयाबाट बा प्र ०३ ००११ ख १८०८ नम्बरको बसबाट ३०० किलो प्याज बरामद गरेको प्रहरी बताउँछ ।

इलाका प्रहरी कार्यालय प्रसौनीको टोलीले ना ४ ख १९२ नम्बरको ट्रकमा लोड रहेको ५० किलोको ६०० बोरा खाद्य यूरीया मल झण्डै ५ लाख मूल्यको बरामद गरेको जनायो ।
वीरगञ्जबाट कलैेयातर्फ जाँदै गरेको ट्रकलाई प्रसौनी गाउँपालिका–५ गण्डक चोकमा जाँच गर्दा मलको बिल शंका लागेर पक्राउ गरिएको प्रहरी प्रवक्ता न्यौपानेले जनाए ।

यस्तै प्रहरी कार्यालय महेन्द्रआदर्शको टोलीले आर्दशकोतवाल–५ लौकाहाबाट ना ५६ प २०९२ नम्बरको मोटरसाइकलबाट १७ हजार १२० मूल्यका विभिन्न सामानहरु पक्राउ गरेको जनायो । प्रहरीका अनुसार मोटरसाइकलको पछाडी लोड रहेको कारवाइट २५ किलोको १ टिना, लोटस पेन्ट १० किलो, पेन्टको बट्टा १० किलो र प्लाष्टिकको डोरी २९ किलो बरामद गरेको हो ।
इलाका प्रहरी कार्यालय जीतपुरबाट खटिएको टोलीले नितनपुरबाट ना ५ ख १७५१ नम्बरको बसबाट स्रोत नखुलेको गाडीको पंचर बनाउने सामानहरु १७ हजार ३ सय मूल्यका बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता न्यौपाने बताउँछन् ।

यता प्रहरी चौकी बेल्दारीको प्रहरी टोलीले पचँरौता नगरपालिका–२ पिपरपातीबाट भन्सार छलीका ७० हजार मूल्य बराबरका कपडाहरु पक्राउ गरेको प्रहरीले बतायो ।
पक्राउ परेका सामान तथा खाद्य यूरीयासहित सवारीहरुलाई आवश्यक कारवाहीका लागि राजश्व अनसन्धिान कार्यालय पथलैयामा बुझाइएको प्रहरीको भनाइ छ ।


सम्बन्धित समाचार