Logo

४ चैत, सिम्रौनगढ । बाराको सिम्रौनगढ नगरपालिकाबाट खोटा मुद्रासहित दुईजनालाई पक्राउ गरेको छ । सिम्रौनगढ वडा नम्बर ४ गंगानगरस्थित गण्डकनहर सडकखण्डबाट दुईजनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा भारतको मोतिहारी जिल्ला ग्राम हरनारायणा–१० बस्ने ३९ को राजेश दास र मोतिहारीकै ग्राम बिजबनी अगरवा ४ बस्ने ४३ वर्षका रामप्रवेश दास रहेका प्रहरीले जनाएको छ । अमृतगञ्ज प्रहरी चौकीबाट खटिएको टोलीले शंक लागेर जाँच गर्दा बसमा सवार उनीहरुको साथबाट एक हजार दरको ४ थान गरी चार हजार बरामद भएको इलाका प्रहरी कार्यालय सिम्रौनगढका प्रहरी निरिक्षक नविन राईले जानकारी दिए ।

उनीहरुले झोलाभित्र प्लाष्टिकको टेपले बेरेर राखेको अवस्थामा २ वटा पोकाको सुरु र अन्त्यमा एक हजार दरका नेपाली नोट राखेर बिचमा भने सोही साईजको भारतीय पत्रिकालाई काटेर बनाइएको १६ वटा गड्डी फेला पारेको हो ।

पक्राउ परेकाहरुमाथि आवश्यक कारवाही भइरहेको प्रहरीले जनायो ।


सम्बन्धित समाचार