Logo

४ चैत, वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले झण्डै दुई करोडका राजश्व चोरीका ईलेक्ट्रोनिक्स सामानहरू लोड रहेको ट्रक नियन्त्रणमा लिएको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर २५ चण्डालचोकबाट ना।६ ख ५२५४ नम्बरको ट्रक प्रहरीले नियन्त्रणमा लिएको हो ।

भन्सार छलीका पावर बैँक, इयर बड लगायतका सामान लोड रहेको ट्रक वीरगञ्जबाट काठमाण्डौतर्फ जाँदै गरेको खबर प्रहरीलाई आएको थियो । सोही सूचनाको आधारमा जाँच गर्दा ट्रकमा लोड रहेका सामानको बिल शंका लागेर नियन्त्रणमा लिइएको पर्सा प्रहरीका प्रवक्ता डिएसपी कुमार बिक्रम थापाले जानकारी दिए ।

बरामद सामानको मूल्यांकन एक करोड ९१ लाख ७८ हजार ६८१ रुपैँया कायम गरी आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको प्रहरीले जनाएको छ ।

प्रहरी नायब महानिरिक्षक पोखरेलले जिल्लामा शान्ति सुव्यवस्था कायम गर्न कुनै कसर बाँकी निर्देशन दिएको प्रहरी स्रोतले जनाएको छ ।


सम्बन्धित समाचार