Logo

५ चैत,जनकपुर । नेपाल सुनचाँदी व्यवसायी महासंघ मधेस प्रदेशको सभापतिमा रामजी साह निर्वाचित भएको छ ।महासंघको जनकपुरधाममा सम्पन्न दोस्रो अधिवेशनबाट साह सभापतिमा निर्वाचित भएको हो ।

साहले ४१ मत ल्याउँदा उनका प्रतिस्पर्धी राजेशकुमार साहले २ मत प्राप्त गरेको छ ।त्यस्तै उपसभापतिमा ३९ मत ल्याएर भीमबहादुर विश्वकर्मा निर्वाचित भएको छ । उनका निकटतम प्रतिद्वन्द्वी विनोदकुमार भण्डारीले ६ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।

अर्का उपसभापतिमा देवकृष्ण साह ४१ मत ल्याई निर्वाचित भएका छन् ।महासंघको सहसचिव पदमा दीपेन्द्र ठाकुर निर्वाचित भएका छन् । उनले ३७ मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी मुकेशकुमार साहले १ मत प्राप्त गरे ।
सहकोषाध्यक्षमा ध्रुब विश्वकर्मा ३२ मत ल्याएर निर्वाचित हुँदा उनका प्रतिद्वन्द्वी पवन सराफले ८ मत प्राप्त गरेका छन् ।

त्यस्तै सदस्यहरूमा अमित गुप्ता, जितेन्द्रकुमार गुप्ता, मनोजकुमार विश्वकर्मा र सुमन विश्वकर्मा विजयी भएका छन् । ७÷७ जना प्रतिनिधिसहित ८ जिल्ला र दुई नगर संघ गरि कुल मतदाता ७० भए पनि सर्लाही जिल्ला संघले पठाएको प्रतिनिधि विधानसम्मत नभएको भन्दै निर्वाचन समितिले कूल मतदाता संख्या ६३ कायम गरेको थियो । सोमध्ये ४५ मतदाताले मतदान गरेको समितिले जनाएको छ ।


सम्बन्धित समाचार