Logo

५ चैत,वीरगञ्ज । बाराबाट प्रहरीले २ करोडबढीको सामानसहित सूर्ती नियन्त्रणमा लिएको छ । प्रहरीले चलाएको जाँच अभियानबाट भन्सार छलीका सामानसहित सूर्ती नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरिक्षक डिएसपी दधिराम न्यौपानेका अनुसार प्रहरीले २ करोड १५ लाख ४७६ रुपैँया बराबरका भन्सार छलीका सामानसहित सवारीहरु पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय अमलेखगञ्जबाट खटिएको टोलीले जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. २१ बाट ना ७ ख २०१९ नम्बरको बसबाट राजश्व चोरीको सामान बरामद गरेको उनले बताए । वीरगञ्जबाट काठमाण्डौँतर्फ जाँदै गरेको बसबाट २७ हजारका १५० किलो चिनी र १५० किलो प्याज पक्राउ गरेको उनको भनाई छ ।

यसैगरि प्रहरी चौकी पथलैयाको टोलीले सिरहाबाट काठमाण्डौँका लागि छुटेको प्र २–०३–००१ ख ३०१८ नम्बरको मिनी ट्रकबाट ४ हजार १०० किलो आलस ३ लाख ११ हजार ६ सय रुपैँयाको बरामद गरेको प्रहरीले जनायो ।

यस्तै वीरगञ्जबाट नारायणघाटतर्फ जाँदै गरेको ना ६ ख ७६७ र ना ८ ख ९४ नम्बरको ट्रकमा लोड रहेको ६७६ बोरा सूर्ती झण्डै १ करोड ९७ लाख ३६ हजार ३७६ मूल्यको पक्राउ गरेको डिएसपी न्यौपानेले बताए ।

त्यसैगरी रौतहटबाट काठमाण्डौँतर्फ जाँदै गरेको ना ८ ख ७३३५ र ना ६ ख २११० नम्बरको बसबाट ३५ बोरामा १ हजार ७६० किलोग्राम प्याज ७७ हजार ५ सय मूल्यको पक्राउ गरेको प्रहरी बताउँछ ।

नियन्त्रणमा लिइएको सामानसहित सूर्ती तथा सवारीलाई आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा पठाइएको बाराले प्रहरीले बतायो ।


सम्बन्धित समाचार