Logo

८ चैत,काठमाडौं। सुनको मूल्यमा फेरि नयाँ रेकर्ड कायम भएको छ । आन एकैदिन सुनको मूल्य प्रतितोला २ हजार ६०० रुपैयाँले वृद्धि भएर नयाँ रेकर्ड कायम भएको हो ।

बुधबारको तुलनामा बिहीबार प्रतितोला २ हजार ६०० रुपैयाँले वृद्धि भएर छापावाला सुन प्रतितोला १ लाख २७ हजार ८०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख २७ हजार २०० रुपैयाँमा कारोबार भइरहेका नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

बुधबार छापावाला सुन प्रतितोला १ लाख २५ हजार २०० र तेजाबी सुन प्रतितोला १ लाख २४ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, चाँदीको मूल्य बिहीबार प्रतितोला १ हजार ५५५ रुपैयाँमा कारोबार भइरहेको छ ।


सम्बन्धित समाचार