Logo

९ चैत,सिम्रौनगढ । बाराको सिम्रौनगढस्थित कंकाली माध्यमिक विद्यालयका छात्रछात्रालाई व्याग वितरण गरिएको छ । कक्षा ८ र ९ मा अध्ययनरत ६ सय १९ जना विद्यार्थीहरुलाई व्याग वितरण गरिएको हो ।

युनान चाइनाले कार्यक्रमको आयोजना गरी विद्यार्थीहरुलाई व्याग वितरण गरेको शिक्षक छठु ठाकुरले जनाए । कार्यक्रममा विद्यालयका प्रधानाधयापक धू्रव प्रसाद कुशवाहा तथा विद्यालय ब्यवस्थापन समितिका सदस्यहरुको उपस्थिति रहेको थियो ।

युनान चाईनाले यसअघि पनि बाराको नेरा मावि कवही, नेरा मावि औरैया, नेरा मावि जमुनिया, नेरा मावि सेन्फुल्वा, त्रिदेव सुखाडी सिंह मावि चरमोहना, नेरा मावि करैयामाई, नेरा मावि मधुबन सजौलीलाई वितरण गरिसकेको छ ।

हालसम्म उक्त विद्यालयहरु गरी जम्मा १ हजार ५५३ जनालाई वितरण गरेको जनाइएको छ ।


सम्बन्धित समाचार