Logo

१० चैत,वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले लागु औषध चरेशसहित ३ जनालाई पक्राउ गरेको छ । प्रहरीले १२ किलोग्राम चरेशसहित बीरगन्जबाट ३ जनालाई पक्राउ गरेको हो ।
प्रहरीले भारत विहार सिवान बस्ने महमद आलम र आरिफराज तथा धादिङ गजुरी गाउँपालिका वडा नम्बर ८ बस्ने सुरेश तामाङलाई पक्राउ गरेको जनाएको छ ।

विशेष सूचनाको आधारमा भारतबाट बीरगन्जतर्फ आउँदै गरेको महम्मद आलमलाई जाँच गर्दा प्रहरीले उनको साथबाट स्रोत नखुलेको २ लाख ५० हजार रुपैयाँ बरामद गरेको थियो ।
पर्सा प्रहरी प्रवक्ता कुमारविक्रम थापाका अनुसार त्यसपछि थप अनुसन्धान गर्दै जाँदा आलमले आफू लागु औषध चरेश खरिद गर्न आएको प्रहरीमा बयान गरे ।

त्यही बयानलाई आधार बनाएर प्रहरीले विशेष टोली परिचालन गरेको उनी बताउँछन् । त्यहीक्रममा बीरगन्जको नारायणी गेस्ट हाउसबाट तामाङ र विहारको आरिफ राजालाई १२ किलो २ सय ग्राम लागु औषध चरेशसहित पक्राउ गरिएको प्रहरी प्रवक्ता थापा बताउँछन् ।

पक्राउ परेका तीनैजनामाथि लागु औषध सम्बन्धी कसुरमा म्याद थप भइ अनुसन्धान प्रक्रिया बढाइएको जिल्ला प्रहरी कार्यालयले जनायो ।


सम्बन्धित समाचार