![](https://i0.wp.com/racekhabar.com/wp-content/uploads/2024/03/432342596_1473622883366028_549178737343486979_n.jpg?fit=1600%2C900&ssl=1)
१० चैत,जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले शनिबार एमालेले पाएको मन्त्रालयको जिम्मेवारी दिदै मन्त्रिपरिषद विस्तार गरेका छन् ।
विस्तार मन्त्रीपरिषद्मा मुख्यमन्त्री यादवले गृह, सञ्चार तथा कानुन मन्त्रीको जिम्मेवारी राजकुमार लेखी, स्वास्थ्य तथा जनसंख्या मन्त्रीको जिम्मेवारी शत्रुधन सिंह कोइरी, शिक्षा तथा संस्कृति मन्त्रीको जिम्मेवारी स्वतन्त्र निर्वाचित भई नेकपा एमालेमा प्रवेश गरेका प्रमोद जयसवाल र स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी केशव रायलाई दिएक छन्।
मुख्यमन्त्री यादवले श्रम तथा यातायात मन्त्रालय आफूसँगै राखेका छन् । भौतिक पूर्वाधार विकास मन्त्रीमा यसअघि चैत ५ गते नेकपा एमालेका सरोजकुमार यादव नियुक्त भएका थिए । शनिबार नियुक्त भएका मधेश प्रदेश सरकारका मन्त्री तथा राज्यमन्त्रीले प्रदेश प्रमुखको कार्यालयमा पद तथा गोपनीयताको शपथ लिएका छन् ।
मुख्यमन्त्री यादव र सभामुख रामचन्द्र मण्डलको उपस्थितिमा मधेश प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुबेदी भण्डारीले तीनैजना नवनियुक्त मन्त्री र एक राज्यमन्त्रीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएकि थिइन् । नेकपा माओवादी केन्द्रका लागि श्रम तथा यातायात मन्त्रालय मुख्यमन्त्री यादवले राखेका छन् ।