Logo

१० चैत,पर्सागढि । पर्साको पर्सागढि नगरपालिका वडा नं. ३ स्थित रहेको झाब्राहा दुग्ध उत्पादक सहकारी सस्था लि झुलीटारको प्रारम्भिक साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष योगेन्द्र प्रसाद कार्कीको अध्यक्षतामा भएको प्रारम्भिक साधारण सभाका प्रमुख अतिथी प्रदेश सभा सदस्य श्याम पटेलले पानसमा बत्ती बालेर उद्घाटन गर्नुभएको थियो ।

उद्घाटन सत्रमा बोल्दै सांसद पटेलले किसानको समस्या आफुले सदनमा पटकपटक आवाज उठाएको जानकारी दिनुभयो । दुग्ध किसानहरुको समस्या चाँडै समाधान गर्न आफूले सदनमा कुरा उठाएको उहाँले बताउनुभयो ।
कार्यक्रममा नेपाली काङ्ग्रेसका युवा नेता बैकुण्ठ श्रीवास्तव, पर्सागढी नगरपालिका पशुशाखा प्रमुख डाक्टर पुस्पेन्द्र साह, सहकारी प्रमुख खडक बहादुर खत्री, अन्नपूर्ण दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष मीन बहादुर भण्डारी, सिमरा डेरि उद्योगका संचालक सुदिप कडेंलले मन्तव्य व्यक्त गर्नुभएको थियो । संस्थाको त्रैमासिक आयब्यय प्रतिवेदन संस्थाका अध्यक्ष योगेन्द्र प्रसाद कार्कीले आम्दानी ३३ लाख ८५ हजार ६ सय र खर्च ३३ लाख ४२ हजार ९ सयको सार्वजनिक गर्नुभएको थियो ।
कार्यक्रमको बन्द सत्रबाट नयाँ संचालक समिती सर्वसहमतिले चयन गरिएको छ । योगेन्द्र प्रसाद कार्कीको अध्यक्षतामा ९ सदस्यीय समिती गठन गरिएको हो । उपाध्यक्षमा रन्जु लामा, सचिवमा बिदुर उप्रेती, कोषाध्यक्षमा नारायणबहादुर कुँवर, सदस्यहरुमा रामहरी खड्का, छबिलाल तामाङ, बिस्नु प्रसाद ढुङ्गाना, रुपमाया श्रेष्ठ, सबिना श्रेष्ठको चयन गरेको हो ।

स्वागत मन्तव्य हरि लामाले गर्नुभएको थियो कार्यक्रमको सहजीकरण बलिराम शुक्लाले गर्नुभएको थियो ।


सम्बन्धित समाचार