Logo

११ चैत,वीरगञ्ज । नेपालको साक्षरतादरमा वृद्धि भएको छ । राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्क अनुसार साक्षरतादरमा ९ दशमलव ६ प्रतिशतले वृद्धि भएको हो । कुल जनसङ्ख्याको ७६ दशमलव २ प्रतिशत जनसङ्ख्या साक्षर रहेको छ ।

जसमध्ये ८३ दशमलव ६ प्रतिशत पुरुष र ६९ दशमलव ४ प्रतिशत महिला साक्षर रहेको तथ्याङ्कमा उल्लेख रहेको छ । केन्द्रीय तथ्याङ्क विभागको तथ्याङ्क विश्लेषण गर्दा गाउँपालिका भन्दा नगरपालिकामा साक्षरतादर बढी देखिएको छ ।

नगरपालिकामा साक्षरतादर ७८ दशमलव ५ प्रतिशत छ भने गाउँपालिकामा साक्षरतादर ७१ दशमलव ९ प्रतिशत रहेको छ ।

त्यस्तै साक्षरतादर बढी हुनेमा सबैभन्दा बढी बाग्मती प्रदेशमा ८२ दशमलव १ प्रतिशत र सबैभन्दा कम मधेश प्रदेशमा ६३ दशमलव ५ प्रतिशत रहेको छ ।

साक्षरतामा सबैभन्दा बढी लैङ्गिक असमानता मधेश प्रदेशमा १७ दशमलव ८ प्रतिशत र सुदूरपश्चिममा १७ दशमलव २ प्रतिशत देखिएको छ ।


सम्बन्धित समाचार