Logo

५ मंसिर, वीरगञ्ज । पर्सा निर्वाचन क्षेत्र नं.४ को प्रतिनिधि र प्रदेश सभाको मतगणना शुरु भएको छ । पोखरीया स्थित उच्च माध्यामिक विद्यालय भवनमा सुरु भएको मतगणनामा प्रतिनिधि सभा तर्फ छिपहरमाई गाउपालिकाको वडा न.५ मंगल मा.वि भिस्वा बुथको ४ वटा बक्सको मतगणना शुरु भएको छ।
यस्तै पर्सा क्षेत्र नं.४ को प्रदेशसभा १ र २ को समेत मतगणना शुरु भएको छ । प्रदेशसभा २ को लागि छिपहरमाई गाउपालिकाको वडा नं.५ को मंगल मा.वि.बुथको ४ वटा बक्सको मतगणना शुरु भएको छ भने प्रदेशसभा १ को लागि ठोरी गाउपालिकाको वडा नं.४ घयागडाडा बुथको ४ वटा बक्सको मतगणना शुरु भएको पर्सा निर्वाचन क्षेत्र न.४ को सुचना अधिकारी सुरेन्द्र यादवले जानकारी दिनुभयो ।

पर्सा निर्वाचन क्षेत्र नं.३ को मतगणना अहिलेसम्म शुरु भएको छैन । अहिले ३ ः३० बजेसम्म राजनैतिक दलका प्रतिनिधिहरु मतगणनाको लागि मतगणना स्थलमा प्रवेश गर्ने क्रम जानरी रहेको निर्वाचन अधिकृत योगनाथ ढकालले जानकारी दिनुभयो । राजनैतिक दलका प्रतिनिधीहरु आई सकेपछि केहि बेरमा मतगणना हुने निर्वाचन अधिकृत ढकालले जानकारी दिनुभयो ।


सम्बन्धित समाचार