Logo

२६ चैत,वीरगञ्ज । वीरगञ्जको नेशनल मेडिकल कलेजमा प्रहरीसहितको अनुगमन टोलीले छापामारी गरेको छ । नेशनल मेडिकल कलेजको ब्लक (ए) मा रहेको प्रयोगशाला (ल्याब) मा अनुगमन टोलीले छापामारी गरेको हो ।

प्रयोगशालामा परीक्षणका लागि म्याद नाघेको केमिकल प्रयोग भइरहेको सूचनाको आधारमा अनुगमन टोलीले छापामारी गरेको पर्साका प्रहरी प्रमुख कुमोध ढुंगेलले जनाए ।

उनका अनुसार ल्याबमा छापामारी गर्दा म्याद नाघेको (डेट एक्सपायर) केमिकलहरु बरामद भएको छ । बरामद सबै केमकिलबारे अनुसन्धानका लागि बाँकी प्रक्रिया अगाडि बढाइएको अनुगमन टोलीले जनायो ।

नेशनल मेडिकल कलेजमा महानगरपालिका, प्रहरी, उद्योग वाणिज्यसहितका टोलीले संयुक्तरुपमा छापामारी गरेको हो ।


सम्बन्धित समाचार