Logo

२ बैशाख, बारा। जीतपुरसिमरा उपमहानगरपालिकाको जीतपुरमा नयाँ बर्ष २०८१ को आगमनसँगै करिब २ सय जनालाई निशुल्क खाना खुवाईएको छ । जीतपुर स्थित सहयोगी हात नेपाल संस्थाले गरिब असहाय तथा आर्थिक अवस्था कमजोर भएका ब्यक्तिहरुलाई एक छाँक खाना खुवाएको हो ।

सहयोग स्वरुप सङ्कलन गरिएको रकम र सामग्रीबाट खाना ख्वाईएको सहयोगी हात नेपाललका संरक्षक मनोज कुमार साहले जानकारी दिए । उनले अब हरेक शनिबार निशुल्क एक छाक खाना खुवाउने योजना रहेको बताए ।

शनिबार पहिलो दिन करिब २ सय जनालाई दाल, भात, तरकारी र अचारसहित शाकाहारी खाना खुवाइएको छ । निशुल्क खाना खुवाउने कार्यबाट विशेष गरी निम्न वर्गीय श्रमिक लाभान्वित भएका छन् ।

पहिलो दिन ठेला तथा रिक्सा चलाउनेदेखि लिएर नियमित ज्यालामजदुरी गर्ने तथा जीतपुर क्षेत्रको मुख्य राजमार्गबाट आवतजावत गर्ने सर्वसाधारण एवम् पैदल यात्रुहरुसमेत खाना खान पुगेका थिए । संस्थाका अध्यक्ष देवान्न साहकाको अध्यक्षतामा भएको भएको निशुल्क खाना ख्वाउँने कार्यक्रमको औपचारिक उद्घाटन मधेश प्रदेश सभा सदस्य देवनारायण चौधरीले गरेका थिए ।

सहयोगी हात नेपालले सहयोग प्राप्त भईरञ्जेल सम्म खाना खुवाईरहने जनाएको छ ।

कार्यक्रममा जितपुरसिमरा उपमहानगरपालिकाका नगर उपप्रमुख भोला अधिकारी, नेकपा माओबादी केन्द्रका जीतपुरसिमरा नगर कमिटी अध्यक्ष प्रेम बराल ,जितपुर गाबिस पुर्ब अध्यक्ष कृष्ण व्रत सिंह, समाजसेवी राजुराज गिरी, मनिर अंसारीले लगायतको उपस्थिति रहेको थियोे ।


सम्बन्धित समाचार