Logo

४ वैशाख,काठमाडौं। नेकपा(माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टीले पार्टी एकताका लागि मोडालिटी तयार गर्ने निर्णय गरेको छ।

दुई पार्टीको एकताका लागि वैचारिक एकरुपता र संगठनात्मक तयारी गर्न गठित कार्यदलको मंगलबार बसेको बैठकले दुवैतर्फ एकता प्रक्रियालाई अगाडि बढाउन मोडालिटी तयार गर्ने निर्णय गरेको हो।

बैठकमा पार्टी एकताका लागि दुवै तर्फको संगठनात्मक स्थिति बारे एक आपसमा जानकारी गराउने काम पनि भएको नेपाल समाजवादी पार्टीका सहअध्यक्ष गंगानारायण श्रेष्ठले जानकारी दिए।

बैठकमा माओवादी केन्द्रका तर्फबाट कार्यदल सदस्यहरु महासचिव देव गुरुङ र उपमहासचिव जनार्दन शर्माको उपस्थिति रहेको थियो भने नेपाल समाजवादी पार्टीको तर्फबाट सहअध्यक्ष गंगानारायण श्रेष्ठ र महासचिव रमेश यादवको सहभागिता रहेको थियो।

माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीले गत चैत्र ३ गते पार्टी एकता गर्ने निर्णय सहमति गरेको थियो। सोही दिन एकता प्रक्रियालाई टुंग्याउन कार्यदल गठन गरेको थियो।


सम्बन्धित समाचार