![](https://i0.wp.com/racekhabar.com/wp-content/uploads/2024/04/jitendra-sonal_MK.jpg?fit=1000%2C664&ssl=1)
४ वैशाख,वीरगञ्ज । मधेश प्रदेश सरकारलाई लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले विश्वासको मत नदिने भएको छ । आज बसेको लोसपा संसदीय दलको बैठकले मधेश प्रदेश सरकारलाई विश्वासको मत नदिने निर्णय गरेको हो ।
मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज चौथो पटक विश्वास मत तयारी गरेका छन् ।
जसपा नेतृत्वको मधेश सरकारको विपक्षमा मतदान गर्ने निर्णय भएको लोसपाका नेता जितेन्द्र सोनलले जानकारी दिए ।