Logo

६ वैशाख,वीरगञ्ज । प्रतिबन्धित लागुऔषधसहित मधेश प्रदेशबाट दुईजना पक्राउ परेका छन् । प्रहरीले चलाएको जाँच अभियानका क्रममा प्रदेशका फरकफरक स्थानहरुबाट लागुऔषधसहित दुइजना पक्राउ परेका हुन् ।

बाराको पचरौता नगरपालिका–४ ईनर्वाबाट लागूऔषध गाँजा करिब २ सय ३० किलोसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहट फतुवा विजयपुर नगरपालिका–४ टेग्राहा बस्ने २३ वर्षीय चन्दन पासवान रहेका छन् ।

इलाका प्रहरी कार्यालय सिम्रौनगढबाट खटिएको टोलीले शङ्कास्पद रूपमा ४ वटा जुटको बोरा बोकेर हिँडिरहेको अवस्थामा उनलाई सोधपुछ गरेको थियो । सोही क्रममा बाटोको कल्भर्ट मुनि लुकाएको गाँजा लिन बोरा लिएर आएको बताएपछि उनलाई उक्त गाँजासहित पक्राउ गरिएको प्रहरीले जनायो ।

यस्तै महोत्तरीको बर्दिबास नगरपालिका–१ स्थित सडकबाट लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थसहित प्रहरीले एकजनालाई नियन्त्रणमा लिएको छ । खैरो हेरोइन करिब ८ ग्राम १ सय ९० मिलिग्राम, डिजिटल तराजु १ थान र नगद ७ हजार ३० रुपैयाँसहित सिन्धुली कमलामाई नगरपालिका–७ बस्ने २७ वर्षीय निसाज सुनुवारलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

इलाका प्रहरी कार्यालय बर्दिवास र मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरबाट खटिएको प्रहरीले बा ७७ प ५८५३ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा चालक सुनुवारलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
पक्राउ परेकाहरुमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


सम्बन्धित समाचार