Logo

६ वैशाख,वीरगञ्ज । पर्सा प्रहरीले वीरगञ्जस्थित पम्पम बिलडिङको गोदाममा गरेको छापामारीबाट ठूलो परिमाणमा तस्करीका कपडा बरामद गरेको छ ।
भारतबाट भन्सार छली ल्याइ भण्डारण गर्ने गोदाममा प्रहरीले छापामारी गरेको हो ।

वीरगञ्जको महाविरस्थान नजिकै पम्पम बिलडिङ्मा तस्करीका कपडा भण्डार गरिएको गोदाममा छापामारी गरिएको पर्सा प्रहरी प्रमुख कुमोध ढुंगेलले पुष्टि गरे ।

उनका अनुसार विशेष सूचनाको आधारमा छापामारी गरी पम्पम बिलिडङका विभिन्न गोदाममा भण्डार गरिएका करोडौं मूल्य बराबरको कपडा बरामद भएको हो ।

पम्पम बिलडिङको भवनमा रहेको विभिन्न गोदामबाट सुट, पाइन्ट, कुर्ता, सुरुवाल, साडीसहितका धेरै परिमाणमा थानका कपडा बरामद भएको हो ।

विभिन्न कपडा व्यापारीहरुले तस्करी गरी मगाउने कपडा सोही गोदाममा भण्डारण गर्ने गरेको प्रहरीको प्रारम्भिक सोधविनमा पाइएको छ ।

अहिले छापामारी जारी रहेकोले यकिन विवरण आउन बाँकी रहेको प्रहरी भनाइ छ । ५ तल्ले पम्पम बिल्डिङको पूरै भवनलाई प्रहरीले घेरेर छापमारी गरिरहेको छ ।


सम्बन्धित समाचार